फिल्म । बलिउड जति ठुलो छ , यहाँ नोटिस हुन् उत्तिकै गाह्रो । बलिउडकर्मीकै सन्तानहरुलाई पनि सुरुवाती दिनमा सहज भएपनि आफ्नो क्षमताले नै स्थापित हुनुपर्छ । यद्दपी उनीहरुलाइ डेब्युमा भने सहजता हुने गरेको छ । बलिउड अभिनेता संजय कपूरकी छोरी शनाया कपूर पनि आफ्नो डेब्युको तयारीमा छिन् ।
बलिउड स्टारकिडलाई डेब्यु गराउने प्राय श्रेय जाने करण जोहरले नै शनायालाई डेब्यु गराउनेछन् । उनले डेब्यु अगाडी उनलाई नोटिस गराउन प्लानिङका साथ् अगाडी बढेका छन् । फलत: उनको बोल्ड फोटोशुट गरिएको छ । रंगिन दुनियाँमा पाइला राख्ने तयारी अनुसार उनले आफुलाई नोटिस गराउदैछिन् । यो प्रयासमा सफलता समेत मिलेको छ ।
उनी विकिनीमा प्रस्तुत भएको फोटो इन्टरनेटमा भाइरल भइरहेका छन् । बलिउडमा आउनु अगाडि नै फ्यानको मनमा बस्न सफल शनायाको फोटोले सामाजिक संजालमा तहल्का मच्चाएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्












