संगीत । मोडल बिकास लामिछाने र नायिका मरिस्का पोखरेलले अभिनय गरेको म्युजिक भिडीयो सार्वजनिक भएको छ । ‘घात…’ बोलको गीतमा मेदी हसन न्यायदिको आबाज रहेको छ । समिर राईको शब्द रहेको छ भने संगीत नागेन्द्र श्रेष्ठले गरेका हुन्गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका छन् । शिशिर श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको छायांकन मुकेश हुमागाईले गरेका हुन् । भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् । काठमाडौँ आसपासमा खिचीएको गीतमा बिछोडको पिडा देखाइएको छ ।
कमेन्ट गर्नुहोस्












