फिल्म । मोडल एवं अभिनेत्री दीपाशा बिसीको २८ वर्षको उमेरमा आज विहिबार उपचारका क्रममा मृत्यु भएको छ । ‘जलपरी’ को उपनामले परिचित अभिनेत्री बिसीको स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । उनको मृत्युको खबर अस्पतालले पुष्टि गरिसकेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले जानकारी दिनुभयो ।
अभिनेत्री बिसीको मृत्युको कारण खुलाईएको छैन । उनको शव पोष्टमार्टमका लागि महाराजस्थित शिक्षण अस्पताल लगिएको छ । सुर्खेतको वीरेन्द्रनगरमा जन्मिनु भएकी अभिनेत्री बिसीले बाल्यकालदेखि नै कलाकारिता सुरू गरेकी थिइन् । उनले ‘बिरानो माया’, ‘चाल’, ‘दुलही रानी’ , ‘झेली’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् ।
पछिल्लो समय उहाँ शृङ्गारसँग जोडिएको व्यवसाय र गीतको श्रव्यदृश्यको अभिनयमा व्यस्त थिइन् ।
कमेन्ट गर्नुहोस्