सिद्धु नट आउट

टिभी । केहि दिन अगाडी मात्र जम्मु कश्मीर स्थित पुलवामा भएको आतंकवादी हमलालाई लिएर विवादास्पद अभिव्यक्ति दिएको भन्दै नवजोत सिंह सिद्धूलाई शो ‘द कपिल शर्मा शो’ बाट हटाइएको खबरले मिडियामा स्थान पाएको थियो । शो छायांकनको क्रममा सिद्धुको स्थानमा अर्चना पुरण सिंहलाई राखेर नयाँ एपिसोडको छायाँकन गरिएको थियो ।

अर्चनाले सिद्धुको स्थानमा रहेर छायांकन गरेपछि शोबाट निकालिएको चर्चा भएको हो । तर यस विषयमा भने होस्ट कपिल शर्माले केहि बोलेका थिएनन् तर हालै उनले एक कार्यक्रममा आफ्नो भनाइ बाहिर ल्याएका छन् । उनले शोबाट सिद्धु आउट नभएको बताए । ‘हामीले शोबाट कसैलाई आउट गरेका छैनौ’ उनले अन्तर्वार्ताको क्रममा भने ‘सिद्धु पाजी व्यस्त भएकाले उनको स्थानमा अर्चनालाई राखिएको हो , उनि शो मा फर्कीसकेका छन् ।’ उनको भनाइबाट के प्रस्टिन्छ भने शोमा सिद्धु फर्किनेछन् ।

सिद्धुले मिडियासँग कुरा गर्ने क्रममा पुलावा घटनाको लागि देशलाइ नभई गलत नियत भएका व्यक्तिलाई मात्र दोशो ठहराउने पर्ने बताएका थिए । ‘घटना व्यक्ति गरेका हुन् , उनलाई कारवाही गर्नुपर्छ’ उनले कुराकानीको क्रममा भने ‘आतंकवादीको कुनै देश र धर्म हुदैन , त्यसैले उनिहरुको कुनै देशको होइनन् ।’ साथै , उनले घटनाको लागि पाकिस्तानलाई दोषी ठहराउन नमिल्ने समेत बताए । उनको यो भनाइको विरोध भएपछी उनले कपिलको शो छाड्नु परेको खबर बाहिर आएको थियो । यसअगाडी पनि उनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सपथ ग्रहणमा उपस्थित हुदा विभिन्न विरोधको सामना गर्नु परेको थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्