फिल्म । गत तिन वर्ष यता रोकिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रपति निवास शितल भवनमा प्रदान गरिएको छ । एकै पटक वि.सं २०७३, २०७४ र २०७५ को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण गरिएको हो । वि.सं २०७३ सालको कुरा गर्ने हो भने अभिनेताको अवार्ड ‘जात्रा’बाट नायक विपिन कार्कीले प्राप्त गरेका छन् भने, उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘निभ्न लागेको दियो’बाट श्रृजना सुब्बाले जितेकी छिन् ।
राष्ट्रिय चलचित्र पुरस्कारमा ‘कालोपोथी’ उत्कृष्ट फिल्म बन्न सफल भयो भने, उत्कृष्ट निर्देशकको अवार्ड ‘सेतो सूर्य’बाट दीपक रौनियारले जिते । उत्कृष्ट लेखनतर्फ ‘कालो पोथी’बाट अविनाश विक्रम शाह शाह र मिन बहादुर भामले अवार्ड जिते भने उत्कृष्ट छायांकनको अवार्ड ‘लभ सासा’बाट शिवराम श्रेष्ठ,‘उत्कृष्ट सम्पादन’को अवार्ड फिल्म ‘जात्रा’बाट मित्रदेव गुरुङले जिते ।
यस्तै, ‘उत्कृष्ट आदिवासी, जनजाति, विभिन्न मातृभाषी’तर्फको अवार्ड ‘क्यू प्ह्रो छे’ले जित्यो । उत्कृष्ट लोकप्रिय फिल्मको अवार्ड ‘छक्का पन्जा’ले जित्न सफल भयो । यी सम्पूर्ण विधामा अवार्ड जित्ने चलचित्रकर्मीलाई जनही २१ हजार नगद, ट्रफी र सम्मानपत्र प्रदान गरिएको थियो ।
यस्तै, ‘चलचित्र दीर्घ साधना सम्मान, २०७३’बाट वरिष्ठ फिल्मकर्मी सुभद्रा अधिकारीलाई सम्मान गरिएको छ । उनलाई ३ लाख ५१ हजार, सम्मानपत्र र दोसल्ला ओडाएर सम्मानित गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले फिल्मकर्मीलाई अवार्ड प्रदान गरेकी थिइन् भने सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले माला लगाएर स्वागत गरेका थिए ।
तस्वीरहरु : श्रीधर पौडेल \ मेरो फिल्म डटकम
राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०७३
चलचित्र दीर्घ साधना सम्मान, २०७३ वरिष्ठ चलचित्रकर्मी श्रीमती सुभद्रा अधिकारी
उत्कृष्ट सम्पादन जात्रा मित्रदेव गुरुङ
उत्कृष्ट छायाङ्कन लभ सासा शिवराम श्रेष्ठ
उत्कृष्ट लेखन (कथा, पटकथा, सम्वाद) कालो पोथी क थाः मीन बहादुर भाम
पटकथा/संवा दः अविनाश विक्रम शाह
उत्कृष्ट अभिनेत्री निभ्न लागेको दियो सृजना सुब्बा
उत्कृष्ट अभिनेता जात्रा विपिन कार्की
उत्कृष्ट निर्देशक सेतो सूर्य दिपक रौनियार
उत्कृष्ट चलचित्र कालोपोथी शुन्य फिल्मस् प्रा.लि. (मीनबहादुर भाम)
उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्न मातृभाषी) क्यु प्ह्रो छे (भेडी गोठाले) मिलन डि.जी. इन्टरनेशनल प्रा.लि.
उत्कृष्ट लोकप्रिय चलचित्र छक्का पञ्जा आमा सरस्वती गीतादेवी फिल्मस् प्रा.लि.












