‘मिस यूनिभर्स नेपाल’ मा छानिए २० सुन्दरी

सौन्दर्य । मिस युनिभर्स नेपालमा २० सुन्दरी छानिएका छन् । २० सुन्दरीले आयोजित कार्यक्रममा २० जना प्रतिस्पर्धीहरुले रातो कार्पेटमा हिडेका थिए । उनीहरुले आफ्नो परिचय मिडिया र उपस्थित पाहुनाहरुलाई दिदै रातो कार्पेटमा क्वाटवाक गरे । छानिएका २० सुन्दरी मध्ये डाक्टर आयुष्नोभा ढुंगाना क्षेत्री पनि छिन् । पेशाले डाक्टर भएता पनि उनी आफ्नो प्यासनको क्षेत्रमा केहि गर्ने उदेश्यले मिस युनिभर्स नेपालमा सहभागी भएकी छिन् ।

उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सोझै प्रतिस्पर्धा गर्न पाउनेछन् । यसबर्षको ‘मिस यूनिभर्स नेपाल’को विजेताले १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने जानकारी दिइयो । यस्तै, विजेताले ७१ औं श्रृङ्खलाको ‘मिस यूनिभर्स’मा समेत भाग लिन पाउनेछन् ।

यसबर्षको ‘मिस यूनिभर्स नेपाल’मा डाक्टर आयुष्नोभासँगै विपना अधिकारी, दिक्षा खाती, आकृती मानन्धर, सामना कार्की, प्रियांशु महत्त, श्रृष्टी हाडा, जाश्मिन खड्का, मोनिका चौधरी, अनु अनमोल क्षेत्री, श्रृष्टी तामाङ्ग, मोनालिजा पराजुली, रिजु खड्का, मेनुका चौधरी, सोफिया भुजेल, रजनी मिश्रा, रुप्सी श्रेष्ठ, प्रतिभा महर्जन र आश्मा केसी सहभागी छन् ।

कमेन्ट गर्नुहोस्