फिल्म । टेलिभिजन तथा फिल्म निर्देशक रमेश कोइरालाको आख्यान फिल्म ‘मौन आकाश’को फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकमा बाल कलाकार नूर दाहालको पृष्ठभूमिमा सृहा दुलाल र ध्वजसिंह भण्डारीलाई देखाइएको छ । निर्देशक कोइरालाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेस्टिभलमा फिल्मलाई प्रतिस्पर्धीका रूपमा देखाइने बताए ।
सुनिल पाण्डेको लेखन रहेको चलचित्रमा जेएन घिमिरे, शुभम आचार्य, विष्णु रोक्का, रमेश कोइराला, मिशेल घिमिरे, स्मारिका खनाल, श्याम केसी, सिर्जना गजमेरको समेत अभिनय छ । यसमा रामेश्वर हुमागाईँको छायाङ्कन, श्याम केसीको व्यवस्थापन, रानु निरौलाको प्रोडक्सन डिजाइन र तुलसीप्रसाद लम्सालको सह–निर्देशन छ । फिल्मको सम्पादन सुवास देवकोटाले गरेका छन् ।
कमेन्ट गर्नुहोस्