फिल्म । पछिल्लो समय बलिउडमा भाग्य चम्किने एक्ट्रेसमा पर्छिन् दिशा पटानी । फिट एण्ड हिट एक्टर टाइगर श्राफको गर्लफ्रेन्ड बनेसँगै दिशाले एक्सपोज हुने धेरै मौका पाइन् , जसलाई उनले सदुपयोग गरिन् । उनले सलमान खानसँग समेत पछिल्लो फिल्म ‘भारत’ मा स्क्रिन शेयर गरिन् , जसले गर्दा उनको चर्चा झनै बढ्यो ।
बलिउडमा उनको सुन्दरताको चर्चा खुबै हुन्छ । भारतीय मिडियाका अनुसार, दिशाले निर्मात्री एकता कपुरको चलचित्रमा काम गर्ने पनि पक्का भएको छ । एकता, जसले निर्माण गरेको चलचित्र ‘ड्रिम गल’ बक्स अफिसमा हिट भएको थियो । उनै, एकताले बनाउन लागेको कमेडी चलचित्रमा दिशालाई फाइनल गरिएको छ । फिल्मलाइ ड्रिमगर्लका निर्देशक राज शान्दिल्याले लेखेका छन् । यसले गर्दा पनि दिशा उत्साहित छिन् ।
कमेन्ट गर्नुहोस्










