भारतसँगै नेपालमा ‘ब्याड न्युज’ प्रदर्शन तय

फिल्म । भारतीय फिल्म ‘गुड न्युज’ को सफलतापछि निर्माण कम्पनि धर्मा प्रोडक्सनले तयार गरेको फिल्म ‘ब्याड न्युज’ नेपाल रिलिज तय भएको छ । वितरण कम्पनि टि-फल्कले फिल्मलाई नेपाल रिलिज गर्न लागेको हो । अग्रीम टिकट बुकिङ र बिक्री खुल्ला भइसकेको फिल्ममा युवापुस्ताको आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।

विक्की कौशल, तृप्ती डिम्री, एम्मी विर्क, नेहा धुपिया लगायतका कलाकारको अभिनय रहेको फिल्मको सार्वजनिक ट्रेलरमा रोमान्स, कमेडी र ड्रामालाई स्थान दिएको छ । निर्देशक आनन्द तिवारीले फिल्ममा गर्भापति भएकी महिला पात्रले बुवाको पत्ता लगाउदा आउने उतारचढावलाई चित्रण गरेका छन् ।

अहिले भावनात्मक रुपमा जोडिन समय लाग्ने तथ्यलाई फिल्ममा देखाईएको छ ।

कमेन्ट गर्नुहोस्