दुई दिने ‘चलचित्र कन्फरेन्स’ सम्पन्न

फिल्म । काठमाडौँ युनिभर्सिटी स्कूल अफ आर्ट्सअन्तर्गत भाषा तथा आमसञ्चार विभागद्वारा आयोजित दुईदिने ‘चलचित्र कन्फरेन्स’ आज सम्पन्न भएको छ । आइतबारदेखि सुरु भएको यो कार्यक्रम कला र फिल्म क्षेत्रमा भविष्य बनाउन चाहने विद्यार्थीहरूलाई लक्षित थियो ।

विभाग प्रमुख निर्मलमणि अधिकारीले कार्यक्रमले विद्यार्थीहरूलाई सकारात्मक ऊर्जा र फिल्मसम्बन्धी ज्ञान प्रदान गरेको बताए । नेपाल फिल्म समीक्षक समाज, नेपाल फिल्म निर्देशक समाज र काठमाडौँ पर्वतीय फिल्म महोत्सव फाउन्डेसनको सहकार्यमा आयोजित यो कन्फरेन्समा छोटा फिल्महरू प्रदर्शन गरिए । साथै, ‘फेस्टिभल फिल्म्स भर्सेस डोमेस्टिक मार्केट’ र ‘द भिजुअल ल्याङ्ग्वेज अफ नेपाली फिल्म: स्ट्रेन्थ एण्ड लिमिटेशन’ शीर्षकमा अन्तरक्रिया भएको थियो ।

कमेन्ट गर्नुहोस्