तुलसीको गीत ‘काठमाडौंमा ‘ विमोचन (भिडियो)

सङ्गीत । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘काठमाडौंमा ‘को सार्वजनिक गरिएको छ । लामो समय देखि युरोपमा बस्दै आउनु भएका गायक सिवाकोटीको गीत ‘काठमाडौंमा’ शब्द ,संगीत दीपक शर्माको रहेको छ भने नरेन्द्र वियोगीले गीतलाई एरेन्ज गरेका हुन् ।

कार्यक्रममा गायक सिवाकोटीले सर्जकहरु लाइ पनि सहयोग होस् भनेर आफुले हरेक पटक स्टेज सो हरुमा ‘काठमाडौंमा’ गीतलाई गाउदा यसका सर्जक दीपक शर्मालाइ पनि केहि प्रतिशत रकम छुट्याएर हस्तान्तरण गरिने घोषणा गर्नु भएको थियो सो कार्यको संगीतकार चेतन सापकोटा पनि प्रसंसा गर्नु भएको थियो ।

विशेषत सुदुरपश्चिम र कर्णालीबाट काठमाडौंको जीवन शैलीलाइ नियाल्न खोजिएको गीतमा नेपाली ठेट शब्द र लयलाइ प्रयोग गरिएको छ । गायक तुलसी सिवाकोटी र रोशनी कार्कीको अभिनय रहेको गीतमा उत्तम हुमागाईंको सिनेमाटोग्राफी ,माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन्।

कमेन्ट गर्नुहोस्