नयाँ पुस्तालाई लिएर ‘कुछ कुछ होता है ’ बन्ने ?

फिल्म । सन् १९९८ मा रिलिज भएको फिल्म हो ‘कुछ कुछ होता है’ । जसलाई करण जोहरले निर्देशन गरेका थिए । करण यसै फिल्म मार्फत बलिउडमा निर्देशकको रुपमा स्थापित समेत भए । फिल्ममा शाहरुख खान , काजोल र रानी मुखर्जीको अभिनय रहेको थियो । यस रोमान्टिक लभ स्टोरीलाई पछिल्लो जेनेरेशनले पनि उतिकै रुचाएका छन् । फिल्मको गीतसंगीत र लभ स्टोरीको कारण उक्त समयमा फिल्मले सफलता त पायो नै यसले नयाँ पुस्तालाई पनि उत्तिकै मनोरंजन दिएको छ ।

नयाँ पुस्तामा पनि फिल्मको क्रेज देखेर करणले यसको रिमेक गर्ने मनसाय बनाएका छन् । उनले आफ्नै शो ‘कफी विथ करण’ मा फिल्म ‘कुछ कुछ होता है २’ बनाउने तयारी थालेको केहि समय अगाडी बताएका थिए । यद्दपी पछिल्लो समय भने उनको सम्पूर्ण ध्यान ड्रिम प्रोजेक्ट ‘तख्त’ मा छ । यो प्रोजेक्टपछी करणले ‘कुछ कुछ होता है’ बनाउन सक्ने अनुमान गरिएको छ । यद्दपी यसबारे करणले केहि बताएका छैनन् ।

त्यसो त करणले आफ्नो सफल फिल्म ‘स्टुडेन्ट अफ द इयर’ सिक्वेल बनाइ सकेका छन् । यद्दपी उनले निर्देशन भने गरेनन् । फिल्ममा नयाँ पुस्ताका कलाकारहरु रणवीर सिंह , रणवीर कपूर , दीपिका पादुकोण र आलिया भट्टलाई कास्ट गर्ने सोचाइमा करण रहेको समेत बि-टाउनमा चर्चा छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्