गाउँले आँचल

4 Shares

फिल्म । पछिल्लो समय अभिनय भन्दा पनि प्रेमका कारण चर्चामा आइरहेकी आँचल शर्मालाई यसपटक उनको लुक्सले चर्चा दिएको छ । उनले अभिनय गरिरहेको फिल्म ‘झिँगेदाउ’ विल्कुलै फरक भूमिकामा छिन् । यसमा उनले गाउँले भूमिका निभाएकी छन् । आइतबार निर्माण टिमले अभिनेत्री आँचलको लुक्स सार्वजनिक गरेको छ ।

जसमा उनलाई निकै फरक गेटअपमा देख्न सकिन्छ । सिउँदोमा सिन्दुर, घाँटीमा हरियो पोते, सातो रंगको साडी र गुन्यू चोलीमा देखिएकी उनले कम्मरमा पटुकी बाँधेकी छन् । त्यस्तै, हातमा हँसिया र गाईवस्तुका लागि पिठ्युमा घाँसले भरिएको डोको बोकेकी छन् । फिल्ममा उनले विवाहित महिलाको भूमिका निभाएकी छन्, जो विकट गाउँमा बस्छिन् । पहिलो पटक फरक भूमिका निर्वाहा गर्न पाएकी उनी आफ्नो भूमिकालाई दर्शकले मन पराउनेमा विश्वस्त छिन् । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनिरहेको फिल्मको भकुन्डेवेसीमा इनडोर छायांकनका लागि सेट निर्माण गरिएको छ ।

खोटाङको हलेसीमा छायांकन सकेर निर्माण टिम भकुन्डेवेसी झरेको हो । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर ‘झिँगेदाउ’ बन्न लागेको हो । फिल्मका निर्माता निर्देशक देउजा स्वयं हुन् । कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण भैरहेको फिल्मको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । भने, पटकथा एवं संवाद प्रदीप भारद्धाजले तयार पारेका हुन् । फिल्मलाई विष्णु कल्पितले खिचिरहेका छन् ।

कमेन्ट गर्नुहोस्