आइस्ताले जितिन् ‘फेस अफ नेपाल २०२६’को उपाधि

सौन्दर्य । आइस्ता जोशीले ‘फेस अफ नेपाल २०२६’ को उपाधि जितेकी छन् । आइतबार सम्पन्न ग्रान्ड फिनालेमा उत्कृष्ट प्रदर्शन गर्दै आइस्ताले प्रतिष्ठित उपाधि आफ्नो नाममा पार्न सफल भएकी हुन्। फिनालेमा ८ महिला र ११ पुरुष गरी कुल १९ जना प्रतियोगी सहभागी थिए।

प्रतियोगितामा सुमन श्रेष्ठ, अनिशा श्रेष्ठ र जियोन तामाङले पनि शीर्ष उपाधि हासिल गरेका छन्। उपाधि विजेता आइस्ता जोशी, सुमन श्रेष्ठ, अनिशा श्रेष्ठ र जियोन तामाङले दक्षिण कोरियामा आयोजना हुने ‘एसिया मोडल फेस्टिभल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत पाएका छन्।

आइस्ताको यो सफलता नेपाली फेसन तथा मोडलिङ क्षेत्रसँगै आईआईएफटीका लागि पनि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

कमेन्ट गर्नुहोस्