‘तानिन् उनैले’ सार्वजनिक (भिडियो)

संगीत । पछिल्लो समय गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को कोचको रुपमा चर्चामा रहेका गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ । उनले’तानिन् उनैले’ गीत युट्युब मार्फत सार्वजनिक गरेका हुन् । यसमा मुकुन्द पौडेको शब्द र केशव पौडेलको संगीत सुन्न सकिन्छ । ‘गीतलाई दर्शककै रोजाई अनुरुप तयार गर्ने कोसिस गरेका छौ’ गायक खरेल भन्छन ‘गीतले प्रेमभाव व्यक्त गर्छ , मायालुको आभास दिलाउछ ।’

शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियोमा नम्रता सापकोटा र सुधिर खनालको अभिनय रहेको छ । रजिव समरको नृत्य निर्देशनमा तयार भएको भिडियोमा नम्रता र सुधिरको माया प्रेम देखाइएको छ । भिडियोमा अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने गीतमा गीत शाहास शाक्यको एरेन्जमेन्ट रहेको छ।

कमेन्ट गर्नुहोस्