प्राइम अमेजनमा ‘चिनी कम रंग कडा’

फिल्म । नेपाली फिल्मले पनि पछिल्लो अवस्थालाई मध्यनजर गर्दै डिजिटल प्लेटफर्म रोज्न थालेको छ । यसैक्रममा फिल्म ‘चिनी कम रंग कडा’ अमेजन प्राइममा रिलिज भएको छ । हाल अमेरिका र बेलायतमा हेर्न मिल्ने गरि फिल्मको रिलिज गरिएको छ । फिल्ममा मानव सुबेदी, सुशील सिटौला, अनु थापा, रविन जंग थापा, सुर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायत कलाकारको अभिनय छ ।

फिल्मलाई विवेक घिमिरे निर्देशिन गरेका हुन् भने गणेश देव पाण्डेको निर्माण तथा लेखन रहेको छ । फिल्ममा मानव सुवेदीको संगीत छ भने सुशील सुबेदीको शब्द रहेको छ । त्यस्तै याचोपो रचलिक र लुका मौचेरीको छायांकन , कृष्ण भण्डारीको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्