‘अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो’ : मह जोडी

देश । अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएपछि विवादमा मुछिएका कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भिडियो संदेशमार्फत उक्त प्रसंग बारे प्रस्ट्याएका छन् । अष्ट्रेलियाबाट सोमबार बिहान भिडियो सन्देश जारी गर्दै उनीहरुले आफ्नो भनाइले कसैलाई ठेस पुगेको भएमामा माफीसमेत मागेका छन् ।

कलाकार श्रेष्ठले अस्ट्रेलियाकै विषयमा छलफल गर्न एक क्याफेमा बसिरहदा बोल्ने प्रस्ताव आएको बताए । ‘अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकार बसेर छलफल गर्नु भएको रहेछ । एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो । हामी पनि के बोल्ने भनेर अक्मकियौं’, अभिनेता श्रेष्ठले भन्नुभयो । उनले यसपटक पनि सबै कुरा बिर्सिदिएर माफी दिन आग्रह गरेका छन् ।

‘अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो’, हरिवंशले भनेका छन्, ‘हामीबाट त्रुटि भयो । त्यसका लागि हामीलाई यत्रो वर्ष आफ्नो सम्झेर माया गरिदिनुभयो ।’

कमेन्ट गर्नुहोस्