अर्पण होइन विनयको फिल्ममा ऋचा ?

फिल्म । अर्पण थापा र ऋचा शर्माले अभिनय गरेको केहि फिल्म दर्शकले हेरिसकेका छन् भने केहि फिल्म रिलिजको तरखरमा छ । अर्पण थापाकै निर्देशनमा ऋचाले फिल्म आधा लभ र सुनकेसरीमा सँगै गरेकी थिइन् । अर्पणको निर्देशनमा बन्ने नयाँ फिल्मको नाम घर तय भएको छ । फिल्मका लागि दुइ नायिका खोजि भइरहेको फिल्म घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा बताइएको थियो । जब फिल्ममा ऋचा छैनन् भने खबर बाहिर आयो , फिल्मनगरीमा गसिप सुरु भएको छ । आफु अनुबन्धित भएपछी फिल्ममा एकअर्कालाई रिफर समेत गर्ने जोडी भनेर चर्चा हुने अर्पण र ऋचाको सगकार्य टुटेको हो त ? यस किसिमको चर्चा पनि फिल्मनगरीमा नचलेको होइन । तर अर्पणको फिल्ममा ऋचा नअटाएको चर्चा चलिरहदा अभिनेता विनय श्रेष्ठको फिल्ममा भने उनको अभिनय रहने चर्चा चलिरहेको छ । अर्थात् विनयले निर्माणको तयारीमा रहेको नयाँ फिल्ममा अभिनय गर्ने प्रस्ताव ऋचा कहाँ आइपुगेको छ ।

उनीहरु नजिकको श्रोतलाइ विश्वास गर्ने हो भने विनयको नेक्स्ट प्रोजेक्टमा ऋचा हुनेछिन् , तर यसबारेमा विनय र ऋचाले भने केहि बताईसकेका छैनन् । यसबारेमा विनयसँग बुझ्न खोज्दा सम्पर्क हुनसकेन । कुनै समय विनय र ऋचा एकअर्कासँग नजिक थिए भने यी दुइको सहकार्यमा फिल्म ‘भिसा गर्ल’ पनि निर्माण भएको थियो । अर्पणको फिल्ममा ऋचा कास्ट नहुनु र यता विनयको फिल्म उनलाई प्रस्ताव गरिनु संयोग मात्र पनि नहुनसक्छ ।

कमेन्ट गर्नुहोस्