फिल्म । वितरक कम्पनि फिल्म वितरक कम्पनी रिच इन्टरटेनमेन्टले समाजसेवाको क्षेत्रमा समेत हात हालेको छ । कम्पनिका अध्यक्ष करण श्रेष्ठले बुधवार एउटा विज्ञप्ती जारी गर्दै समाजसेवाको क्षेत्रमा पाइला चालेको उल्लेख गरेका छन् । क्रेजी उपनामले परिचित करणले जारी गरेको विज्ञप्ती अनुसार उनले पुराना फिल्मकर्मी उद्धव पौडेलको नाममा स्थापना भएको उद्धव पौडेल फाउन्डेसनलाई आर्थिक सहयोग उपलब्ध गराउने भएका हुन् ।
यही मंसिर १३ गतेदेखि प्रदर्शन हुने नेपाली फिल्म लभ यू हमेशाको प्रदर्शनबाट आएको कमिसनको सम्पूर्ण उक्त फाउन्डेसनलाई हस्तान्तरण गर्ने श्रेष्ठले जनाएका हुन् । ‘यो वर्ष उक्त फाउण्डेसनबाट सहयोगको थालनी गरेको हुँ, अर्को वर्ष कुनै अर्कै संस्थालाई सहयोग गर्नेछु, वितरक क्रेजी भन्छन् -‘समाजसेवाको लागि मैले एउटा सानो प्रयासका थालनी मात्र गरेको हुँ ।’ आउँदो वर्ष फिल्म निर्माणको तयारीमा समेत रहेका करणको वितरण रहने फिल्म ‘च च हुई’ आउँदो मङ्सिर ६ मा रिलिज हुदैछ । साम्तेन भुटियाको निर्देशनमा तयार फिल्मलाई अमृत घोले लामाले निर्माण गरेका हुन् ।












