सामान्थाको रोजाई ओटीटी कि फिल्म ?

फिल्म । हिन्दी चर्चित सिरिज मध्येको एक ‘द फ्यामिली म्यान’ को दोस्रो भागबाट ओटीटीमा उदाइन साउथकी सुन्दरी सामान्था अक्केनेनी । पहिलो सिरिजमा नै हाइप पाइसकेको यो सिरिजले दोस्रो भागमा पनि उत्तिकै चर्चा पायो । पहिलो भागका अन्य कलाकारको तुलनामा सामान्थाले क्रेडिट लिईन् । सिरिजका मुख्य कलाकार मनोज बाजपाई पश्चात सामान्थाको कामको चर्चा भयो ।

त्यसपछि उनलाई ओटीटी प्लेटफर्म मार्फत विभिन्न अफर आइरहेका छन् । तमिल विद्रोहीको रुपमा उनको अभिनयले धेरैलाई चकित तुल्याएको प्रतिक्रिया आएका छन् । त्यसैकारण पनि उनलाई विभिन्न सिरिजको अफर भइरहेका छन् । यद्दपी उनले फिल्ममै केन्द्रीत हुने निर्णय गरेको उनि निकट सदस्य बताउछन् । सामान्था तत्काल सिरिजभन्दा पनि फिल्ममा नै केन्द्रित हुन चाहेको उनि निकट स्रोतको दावी छ ।

राज एन्ड डिके निर्देशित सिरिजमा प्रियामणि, शारिब हाशमी र गुल पनागले पनि मुख्य भूमिका निर्वाह गरेका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्