खुल्ला पत्रमा छविले भने ‘आउँनुस , मिलौ’

फिल्म । यतिबेला फिल्मनगरीमा गफगाफको ट्रेण्डिङमा छन् , छविराज ओझा र शिल्पा पोखरेल । गुपचुप विवाह गरेका यी दुइको जब बैवाहिक सम्बन्धमा समस्या आयो । विवाद कानुन सम्म पुग्यो । रमाइलो कुरा त के भने यी दुइको विवाहको तस्वीर समेत सार्वजनिक भएको छैन । तर , डिभोर्स हुनेसम्मको कुरा आइसकेका छन् । शिल्पाका पछिल्ला अभिव्यक्ति हेर्दा पनि उनीहरु डिभोर्स नजिक पुगेको वुझ्न सकिन्छ । एकले अर्कालाई दोष थोपरेर ३ बर्षको अन्तरालमा घर भित्र भएका गोप्य कुरा समेत मिडियामा सार्वजनिक भैरहेका छन् ।

यसैविच, शिल्पाले डिभोर्सका लागि फाइल गरिसकेको बताएपछि निर्माता छविराज ओझाले फेसबुकमा पत्र लेख्दै उनलाई मिल्नका लागि आग्रह गरेका छन् । उनले खुल्ला पत्र मार्फत नै कमिकजोरी सच्याउन र सच्चिन तयार रहेको बताएका छन् । ‘मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमतीसँग सम्बन्ध विच्छेद भैसकेपछि तपाईसँग जीन्दगी बिताउन सक्छु होला भनेर जिन्दगीका सबै कुरा संझौता गरेर बिहे गरेकी श्रीमती हो तपाई । छातीमा हा राखेर आज एकछिनलाई आफैलाइ नढाटी संझनुहोस् तपाइले लगाएका आरोपहरु कती सत्य छन् ? यदि, तपाई पनि आफूलाई सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आश्वासन दिलाए जस्तै वुढेसकालको साहरा बन्न सक्नुहुन्छ भने म पनि मेरा कमजोरीहरु सच्याएर गान्धीवादी भएर बस्न सक्छु ।’ छविले सामाजिक संजालमा लेखेका छन् । आजसम्म कुनै पनि श्रीमतीलाई आफूले अन्यायमा नपारेको जनाउदै –‘संसारको कुनै पनि अदालत तपाई जानु पर्दैन । छवि ओझाको अदालत सिधै आउनुहोस् । तपाइले न्याय पाउनुहुन्छ ।’ भनेर लेखेका छन् । तर, शिल्पाले भने छविलाई वकिलसँग नै भेट गर्न भन्ने गरेको छविले उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्