फिल्म । नेपाली फिल्म ‘जन्ते बाख्रो’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । प्रिमियरमा ‘पूर्ण मनोरञ्जनात्मक र पारिवारिक’ भनी सकारात्मक प्रतिक्रिया पाएको यो फिल्मलाई मल्टिप्लेक्स र मोफसलका हलहरूले उत्साहजनक शो प्रदान गरेका छन् । निर्देशक सिमोश सुनुवारले फिल्मको शीर्षकले परम्परा र संस्कृतिलाई प्रचार गर्ने बताए ।
‘यो फिल्मको कथा प्रेमकथानक छ, तर शीर्षक ‘जन्ते बाख्रो’ले नयाँ पुस्तालाई परम्परासँग जोड्ने विश्वास छ’, उनले भने । फिल्ममा सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायतको अभिनय छ ।
निर्माता सतोष गौतमले प्रिमियरको सकारात्मक प्रतिक्रिया र दर्शकको ‘वर्ड अफ माउथ’ले फिल्मको प्रचार हुनेमा विश्वास व्यक्त गरे । ‘हामीले इमानदारीसाथ फिल्म बनाएका छौँ’, उनले भने ।
उनले कथावस्तु अनुसार पात्रमा सुहाउँदो कलाकार छनोट गरेको बताए । फिल्म हेर्न आइपुगेका दर्शकबाट प्रचार हुनेमा उनी विश्वस्त छन् । फिल्मले मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटलेटमा उल्लेख्य शो पाएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा १ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ४ शो, लबिम मलमा ३ शो , सिभिल मलमा ३ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा ३ शो, राइजिङ्ग मलमा १ शो, सिटी स्क्वायरमा २ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा २ शो, वुटवलमा २ शो, दमौलीमा ३ शो, नारायणघाटमा रहेको जलमामा २ शो, विराटनगरमा २शो, विर्तामोडमा ३ शो, विरगंजमा १, पोखरामा ३ शो र चितवनमा ३ शो रहेको छ ।
काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा २ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ३ शो, सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा २ शो, चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा २ शो, जमलमा रहेको विश्वज्योति सिनेमाजमा १ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा २ शो, किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्समा १ शो, सितापाइलामा रहेको सिके सिनेमाजमा २ शो, बानेश्वरमा रहेको वान सिनेमाजमा ४ शो र कालिमाटीमा ३ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ३ शो, बानेश्वरमा रहेको आइएनआईमा ३ शो र बुटवलमा रहेको आइएनआइमा ३ शो, नैकापमा रहेको डीएम सिनेमाजमा १ शो, भक्तपुरमा रहेको सुर्यविनायक सिनेमाजमा १ शो रहेको छ ।
पोखरामा रहेको मिडटाउनमा १ शो, सिमरामा रहेको आइएनआइ केएसआर मुभिजमा ३ शो, दमकमा रहेको डिम्याक्स सिनेमाजमा २ शो, विराटनगरमा रहेको सिटी सिनेमामा २ शो, धरान र बुटवलमा रहेको रहेको फ्रेन्ड्स सिनेमामा १ शो, विर्तामोडमा रहेको पाथिभरा सिने प्लाजामा १ शो, धनगढीमा रहेको एसटिएस सिनेमामा १ शो, पर्सा चितवनमा रहेको म्याङ्गो जनज्योतिमा २ शो, नवलपुरमा रहेको कावासोती सिनेम्याक्समा १ शो, विराटनगरमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा १ शो, नेपालगञ्जमा रहेको सिने रोयलमा ३ शो, इटहरीमा रहेको इलाइट सिनेमामा ३ शो रहेको छ ।
प्रदीप भारद्वाजको लेखनमा तयार भएको फिल्ममा अभिनेता सौगात मल्लसँगै आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।
‘जन्ते बाख्रो’ ले गाउँघरको हराउँदै गएको जन्ती परम्परा, टपरी-दुनामा भोज खाने संस्कृति र ग्रामीण चालचलनलाई रमाइलो ढङ्गले प्रस्तुत गरेको छ । फिल्मका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ दर्शकमाझ लोकप्रिय छन् । ट्रेलरले पनि सकारात्मक प्रतिक्रिया पाएको छ ।
मुईन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यसमा हरि हुमागाईंको छायाङ्कन निर्देशन, उत्तम हुमागाईंको छायाङ्कन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्म्सले वितरण गर्ने यो फिल्मको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ ।











