फिल्म । आफ्नो कन्टेन मार्फत चिनिएकी छिन् , जोया अख्तर । बलिउडमा चिनिदै गर्दा गीतकार तथा साहित्यकार जावेद अख्तरको छोरी भनेर अगाडी आएकी जोयाले बलिउडमा आफ्नो पहिचानलाई स्थापित बनाइ सकेकी छिन् । उनले पछिल्लो समय निर्देशन गरेको फिल्मले दर्शक तथा समीक्षकको मन जित्दै आइरहेको छ । ‘लक बाई चान्स’ मार्फत बलिउडमा निर्देशकको रुपमा डेब्यु गरेकी जोयाले त्यसपछि निर्देशन गरेको जिन्दगी नमिलेगी दोबारा, दिल धड्कने दो , गल्ली ब्वाई फिल्म सफल छन् ।
उनले लस्ट स्टोरी , घोष्ट स्टोरी वेब सिरिज निर्देशन गरिसकेकी छिन् । पछिल्लो समय उनको लेखन तथा निर्देशन रहेको वेब सिरिज हो , मेड इन हेभेन । विवाह गराउने एजेन्सीमा काम गर्नेको जीवन र विवाह हुने परिस्थितिलाई भिन्न शैलीमा यसमा देखाइएको छ । यसको दुइ एपिसोडलाई जोयाले नै निर्देशन गरेकी हुन् । उनलाई लेख्नमा सदा झैँ रीमा काग्तीले सघाएकी छिन् ।
जोया यतिबेला यसको दोस्रो सिजनको लेख्नमा रहेकी छिन् । लकडाउनको समय सदुपयोग गर्दै जोया ‘मेड इन् हेवन’ को दोस्रो भागको स्क्रिप्टमा काम गरिरहेकी छन्। यो वेब सिरिजको पहिलो सिजन हिट भएपछी यसलाई निरन्तरता दिइएको जोयाले जनाएकी छिन् । यसमा जिम सार्ब, शोभिता, अर्जुन माथुर, कल्की केकला, शशांक अरोरा, शिवानी रघुवंशी र अंकुर राठी देखिनेछन्। (एजेन्सी)











