फिल्म । पछिल्लो समय सन् २०२० को इदमा रिलिज हुने फिल्मको चर्चा बढ्दो छ । प्राय इदमा फिल्म लिएर आउने सलमान खानको डेटमा यसपटक बलिउडका खिलाडी एक्टर अक्षय कुमार आफ्नो प्रतिक्षित फिल्म ‘सूर्यवंशी’ लिएर आउंदै छन् भन्ने खबरले बि-टाउनमा निकै चर्चा पायो । करण जोहरको निर्माण तथा रोहित शेट्टीको निर्देशनमा तयार हुने फिल्ममा अक्षय वीर सूर्यवंशीको भूमिकामा देखिनेछन् ।
अक्षय इन्स्पेक्टर सूर्यवंशीको अवतारमा प्रस्तुत हुदैछन् । यहि समयमा सलमानको प्रेम अवतारलाई दर्शकले हेर्न पाउनेछन् । अर्थात संजय लीला भन्सालीको फिल्म ‘इन्शाअल्लाह’ फिल्म सन् २०२० को इदमा रिलिज हुँदैछ । यसलाई सलमानले घोषणा गरिसकेका छन् ।
यस घोषणापछी निकै भविष्यमै सलमानलाई अफिसरको रुपमा आफ्नो फिल्ममा एक्सनकट गर्ने तयारीमा रहेका रोहितले डेट परिवर्तन गर्ने सोच बानाएका छन् । अर्थात फिल्म सन् २०२० को इदमा नआउने चर्चा सुरु भएको छ । सलमानको क्रेम र संजयको मेकिङलाई मध्यनजर गर्दै रोहित र करणले फिल्को डेट परिवर्तन गर्ने सोच बनाएका छन् । (एजेन्सी)











