सलमानको जोडी दिशा ?

फिल्म । बलिउडका भाइजान सलमान खानले आउँदो इदमा आफ्नो फ्यानलाई एक्सन फिल्म दिने भएका छन् । केहि समय यता सोसल ड्रामामा देखिदै आएका सलमानले अन्तत फ्यानको रोजाईलाई मध्यनजर गर्दै आफ्नै हिट फिल्म ‘तेरे नाम’ को हिट क्यारेक्टर राधेकै नाममा फिल्म ल्याउदै छन् । सलमान खान फिल्म्सले दुइ फिल्म दर्ता गराएका छन् । हरेक इदमा दर्शकमाँझ आउने गरेका सलमानलाई ध्यानमा राख्दै उनको कम्पनिले दुइ फिल्म दर्ता गराएका हुन् । इण्डियाज मस्ट वान्टेड कप : राधे र इण्डिया पाक टाइटलमा दुइ फिल्म दर्ता भएको खबर भारतीय मिडियामा छ ।

विज्ञापन

यतिबेला फिल्मलाई प्रभु देवाले निर्देशन गर्ने चर्चा छ भने यसमा दिशा पटानी एक्ट्रेस रहनेछिन् । सलमानसँग पछिल्लो समय फिल्म ‘भारत’ मा सँगै काम गरेकी दिशानै हिरोइन हुने लगभग तय रहेको चर्चा बि-टाउनमा हुने गरेको छ । किनकी सलमानले यस अघि ‘किक २’ मा पनि दिशालाई गर्न समेत निर्माता साजिदलाई आग्रह गरेका थिए ।’राधे’ फिल्म स्पाइ स्टोरी हुने अनुमान टाइटलबाट नै लगाउन सकिन्छ । सलमानको फिल्म ‘तेरे नाम’ हेरेका फ्यान यो फिल्म बन्ने भएपछी भने खुसि भएका छन् । सलमानको व्यक्तित्वलाई यो टाइटलले प्रस्ट्याउने विश्वास सलमानको फ्यानलाइ छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्