सातै प्रदेशमा ‘सप्तरङ्ग’

संगीत । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गृष्मा ब्रोडकाष्टिड. प्रा.लीको आयोजनामा ‘सप्तरङ्ग’कार्यक्रम हुने जानकारी गराइएको छ । सद्भाव र ऐक्यवद्दताको मुख्य उदेश्य सहित उक्त कार्यक्रमको आयोजना गर्न लागिएको यो सांगीतिक कार्यक्रममा सातै प्रदेशमा हुनेछ । कार्यक्रम १८ गते दमकबाट सुरु हुनेछ । त्यसपछी, माघ २० गते जनकपुर, माघ २२ गते नारायणगढ, माघ २४ गते बुटबल, माघ २६ गते सुर्खेत, माघ २८ गते धनगढी र फागुन २ गते पोखरामा आयोजना हुनेछ ।

कार्यक्रममा सहभागी हुनको लागि दर्शकले कुनै शुल्क तिर्नुनपर्ने यस कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्टले आफ्नो प्रस्तिती मार्फत स्थानीय प्रदेशको प्रवर्धन गर्नेछन ।सांगितिक यात्राको माध्यमबाट सातै प्रदेशको पर्यटकिय स्थानको प्रबर्धन र सम्भावनाको खोजी गरिने आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले बताए ।

‘हामीले यसकार्यक्रमलाई नाफा मुखी भन्दा पनि प्रवर्धननात्मक बनाउने कोसिस गरेका छौ’ उनले भने ‘कार्यक्रम हुनु अगावै हामी पुग्नेछौ र स्थानीय संस्कृति तथा सम्पदाको प्रवर्धनमा जुट्नेछौ ।’ यसकार्यक्रम उद्घोषकको रुपमा लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराई र विवेक खतिवडा रहेका छन् । कार्यक्रमको टाइटल स्पोन्सरको रुपमा चितवन मेदिदक कलेज रहेको छ ।

कमेन्ट गर्नुहोस्