संगीत । गायक निशान भट्टराइले कानुनी बिबाह गरेका छन् । उनले धुलिखेल जिल्ला अदालतमा प्रेमिका ऋचा न्यापानेसँग निशानले कानुनी विवाह गरेका हुन् । कानुनी विवाहपश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए । पछिल्लो समयमा गायक निशान भट्टराइ नेपाली सांगीतिक आकाशमा चम्किएका छन् । निशान र ऋचा २ बर्षदेखि प्रेम सम्बन्धमा थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् ।
कमेन्ट गर्नुहोस्












