वीरसँगै विक्रमको अंगालोमा पनि वर्षा

फिल्म । मिलन चाम्सको निर्माण तथा निर्देशनमा छायाँकन प्रारम्भ भएको फिल्म ‘वीर विक्रम २’ को छायाँकन मनाङ र मुस्ताङको रमणीय दृश्यमा भईरहेको छ । पल शाह , वर्षा शिवाकोटी र नाजिर हुसेनको अभिनय रहेको फिल्मको दृश्यसँगै गीत छायाँकन हिमाली भेगको रमणीय दृश्यमा भईरहेको छ । आफ्नै देशको रमणीय दृश्यलाई कैद गरिरहेको टिमले गीतलाई भव्य बनाउन कुनै कसर बाकि राखेको छैन ।

कुसुम गजमेरको शब्द तथा रञ्‍जित गजमेरको संगीत रहेको यस गीतलाई तारा प्रकाश लिम्बु र मेलिना राइले गाएका छन् । गीतको बोल निर्माण पक्षले सार्वजनिक गरेको छैन , किनकी यो पुरानो हिट गीतको रिमेक हुन् सक्छ । ‘गीतलाई विना सम्झौता तयार गर्दैछौ’ निर्देशक चाम्सले भने ‘हिमाली भेगमा गीत निकै खर्चालु हुन्छ तर सुन्दर मनोरम दृश्यलाई कैद गर्न पाउदा निकै उत्साहित छु ।’ गीतलाई कविराज गहतराजले निर्देशन गरिरहेका छन् ।

चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको सयुक्त ब्यानरमा निर्माण भएको फिल्म अपर्ण सापकोटा सह निर्माताको रुपमा रहेका छन् । यसमा विनिसा भण्डारीसंगै बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ‘विर विक्रम २’मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन सिनेमामा रहेको छ ।

कमेन्ट गर्नुहोस्