‘नेपाली चलचित्रकर्मी स्मृति सम्मान २०७९’ घोषणा

फिल्म । नेपाल चलचित्र संघले नेपाली फिल्म क्षेत्रमा रहेर योगदान दिईरहेका फिल्मकर्मीलाई सम्मान गर्ने भएका छन् । केहि समय यता रोकिएको ‘नेपाली चलचित्रकर्मी स्मृति सम्मान’ को तेस्रो संस्करण आउँदो भदौ १९ गते हुने भएको छ । फिल्ममै स्थापित व्यक्ति तथा संस्थाले आफ्ना अभिभावक र संस्थाको नाममा फिल्मको विभिन्न विधामा योगदान पुर्याएकाहरुको स्मृतिमा ‘नेपाली चलचित्रकर्मी स्मृति सम्मान २०७९’ प्रदान गर्न लागिएको महासचिव प्रदीपकुमार उदयले बताए ।

‘हाम्रो उदेश्य भनेकै नेपाली फिल्ममा निरन्तरता दिईरहेका फिल्मकर्मीलाई हौसला प्रदान गर्दै सम्मान गर्नु हो । त्यसैले हामीले यसको सुरुवात गरेका हौँ’ उनले भने । तेस्रो संस्करणमा अभिनेता अर्जुन श्रेष्ठद्वारा स्थापित भूपेन्द्र विष्णु श्रेष्ठ प्रकाश थापा स्मृति निर्देशक सम्मान २०७९ बाट निर्देशक श्री ज्ञानेन्द्र देउजालाई , फिल्म निर्माता , निर्देशक तथा प्रदर्शक प्रदीपकुमार उदयद्वारा स्थापित द्वारिका प्रसाद उदय शिवशंकर मानन्धर अभिनेता सम्मान २०७९ बाट श्री शिव श्रेष्ठलाई सम्मानित गर्ने घोषणा गरिएको छ ।

यस्तै, गुण समूहद्वारा स्थापित गुण समूह शान्ति मास्के स्मृति अभिनेत्री सम्मान २०७९ बाट गौरी मल्ल , गायक योगेश्वर अमात्यद्वारा स्थापित भुवनेश्वर अमात्य नारायण गोपाल स्मृति संगीत सम्मान २०७९ बाट गायिका देविका बन्दना , विरेन्द्र नारायण श्रेष्ठद्वारा स्थापित हरिबहादुर हिरादेवी श्रेष्ठ डायमण्ड शमशेर जबरा स्मृति लेखन सम्मान २०७९ बाट लेखक मौनता श्रेष्ठ, राज कुमार पोखरेलद्वार स्थापित शेरबहादुर कृष्णकुमारी पोखरेल श्रीविक्रम राणा स्मृति पत्रकारिता सम्मान २०७९ बाट पत्रकार विदुर गिरी , क्वेस्ट इन्टरटेन्टमेन्ट प्रा लि. द्वारा सथापित क्वयेष्ट इन्टरटेन्मेन्ट मधुकर बस्नेत स्मृति प्राविधिक सम्मान २०७९ बाट सम्पादक श्री नरेन्द्र खड्का , मधुसूदन प्रधानद्वारा स्थापित मैँयादवी गोपाल भुटानी स्मृति द्वन्द कलाकार सम्मान २०७९ बाट श्री योगन्द्र श्रेष्ठ, कपिल प्रसाद द्वाद्वारा स्थापित हरिप्रसाद द्वा भगवानदास श्रेष्ठ स्मृति निर्माता सम्मान २०७९ बाट निर्माता श्री छविराज ओझा , नरेन्द्र महर्जनद्वारा स्थापित नन्द बहादुर महर्जन वीरेन्द्र बहादुर पाण्डे स्मृति प्रदर्शक सम्मान २०७९ बाट तीर्थ प्रधान , गोपालकाजी कायस्थबाट स्थापित राजबीर कायस्थ बैकुण्ठ मास्के स्मृति छायाँकार सम्मान २०७९ बाट श्री मञ्जुकुमार श्रेष्ठ लाई सम्मान गरिने घोषणा गरिएको छ । यसरी सम्मानित हुने फिल्मकर्मी तथा पत्रकारलाई जनही नगद रु. १५ हजार ५ सय ५५ सहित सम्मान पत्र र दोसल्लाले सम्मानित गरिने छ ।

सम्मान घोषणा कार्यक्रममा चलचित्र संघका अध्यक्ष विरेन्द्र नारायण श्रेष्ठ , चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी , चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्षद्वय कुवेर डंगोल र जीवन पराजुली , कलाकार कृष्ण मल्ल , फिल्म वितरक गोपाल कायस्थ , नरेन्द्र महर्जन , कपिल द्वा , लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्