सलमान पुगे क्यान्सर पिडित फ्यानलाइ भेट्न

बलिउड । पछिल्लो समयका व्यस्त कलाकार हुन् सलमान खान । बलिउडका भाइजान एकपछि अर्को फिल्ममा व्यस्त छन् । पछिल्लो समय भारतको फाइनल सेड्युलमा काम गरिरहेका सलमान दिपावली मनाउन छुट्टिमा छन् । यिनै सलमानले फेस्टिभलबाट टाइम निकाएर आफ्नो फ्यान भेट्न पुगे । क्यान्सरसँग लडिरहेको एक बच्चा जो सलमानका फ्यान हुन् , उनले भेट्ने इच्छा जाहेर गरेको थाहा पाएपछि भाइजान आफै हस्पिटल पुगे ।

मुम्बईमा रहेको टाटा मेमोरियल हस्पिटल पुगेर उक्त बच्चालाई भेट र केहि समय उनिसँगै समय बिताए । सार्वजनिक भएको एक भिडियोमा सलमान उक्त बच्चालाई हसाउन प्रयाशरत देखिएका छन् । उनले एकछिन भएपनि फ्यानको पिडा हटाउन यस्तो गरेका हुन् । सलमानले बच्चालाई निकै माया गर्छन , यसैले उनले बेला बखतमा डोनेसनसँगै आफै भेट्न समेत पुग्ने गर्छन ।

कमेन्ट गर्नुहोस्