ऋचाले साटिन् जन्मोत्सवको खुसियाली

फिल्म । अभिनेत्री ऋचा शर्मा ३२ वर्षमा लागेकी छिन् । ३१ औ वर्ष पार गरेर ३२ औ वर्षमा प्रवेश गरेकी ऋचा जन्मोत्सवको खुसियाली साटेकी छिन् । नेशनल अवार्ड विजेता ऋचा आफ्नो जीवन्त अभिनयको कारण परिचित छिन् । उनले अभिनय गरेको फिल्म मार्फत प्रसंसा बटुलेकी छिन् । यसैले गर्दा पनि फिल्मनगरीमा उनको छवि वेग्लै छ ।

यिनै ऋचाको जन्मोत्सवमा नायिकाहरु प्रियंका कार्की , निशा अधिकारी , रेखा थापा , केकी अधिकारी , रीमा विश्वकर्मा , निर्देशक विशाल भण्डारी उपथित थिए । उपस्थित सबैले उनको अभिनयको प्रसंसा गर्दै जन्मोत्सवको शुभकामना दिए । केकीले अध्यारोबाट उज्यालोमा अझै जीवन चम्कियोस भन्ने शुभकामान दिईन् । ‘अझै प्रगतिको कामना छ त्यसैले यो जीवनले झनै उर्जा थपोस’ केकीले शुभकामान दिईन् ।

तस्वीर : रमाइलो छ

ऋचाले जन्मोत्सव साउन १ गते परिवारसँग मनाइन र दोस्रो दिन फिल्मनगरीका परिवारसँग शुभकामना साटिन । उनले आउँदो दिनमा आफुले गल्तीलाई सुधार्दै लाने बताइन । ‘आउँदो दिनमा योगा , मेडिटेसनमा बढी लाग्नेछु’ ऋचाले भनिन् । उपस्थित रेखाले ऋचाको स्वभाव आफ़ुलाई मन पर्ने बताइन । ‘मलाइ मात्र होइन , मेरो मम्मीलाई पनि मन पर्छ’ रेखाले भनिन् ‘उसको निश्चल मन नै मन पर्छ ।’

यसैगरी ऋचाको बोल्ने कला आफुलाई मन पर्ने रीमाले बताइन । ‘उँहालाई मैले सञ्चारकर्म देखि नै चिन्छु र उँहाको तर्क सहितको संवादले मलाइ प्रभावित गर्छ’ रीमाले बताइन । ऋचाले आफ्नो नजिकको फिल्मकर्मीको उपथितीले अझै उत्साहित बनाएको बताइन । ‘यो हाम्रो अर्को परिवार हो त्यसैले सुख र दुखमा साथ् रहनुपर्छ’ उनले भनिन् ।

कमेन्ट गर्नुहोस्