मारुनी निर्देशक भन्छन् ‘नाँचसँग फिल्म जोडिएको छैन्’

फिल्म । फिल्म ‘मारुनी’ को औपचारिक घोषणा गरिएको छ । फिल्म बारे विभिन्न समाचार आइरहदा निर्माण पक्षले राजधानी एक कार्यक्रमको आयोजना गर्दै फिल्मको घोषणा गरेको हो । केहि भिन्न किसिमले घोषणा गरिएको फिल्म ‘मारुनी’ लाई पुनम इन्टरटेन्मेन्टको ब्यानरमा फिल्ममा पुनम गौतमले निर्माण गर्दैछिन् ।

फेशनसँग जोडिएकी पुनमले फिल्मका लिड कलाकार पुष्प खड्का , साम्राज्ञी आरएल शाह , रेविका गुरुङ , निर्देशक नवल नेपाल सहित सम्पूर्ण टिमलाई र्‍याम्पमा हिडाउदै फिल्म घोषणा गरेकी हुन् । माघको दोस्रो साताबाट फ्लोरमा जाने फिल्ममा दुई सुन्दरीको कथालाई देखाइनेछ । ‘मारुनी नाँचसँग यसले केहि सरोकार राख्दैन’ निर्देशक नेपालले भने ‘यसले माया प्रेमको कथा भन्छ , यसको कथाले दर्शकलाई अपनत्वको आभाष दिलाउनेछन् ।’डेब्यु फिल्म श्रीमान मार्फत नै निर्देशनमा स्थापित भएका नवलले त्यसपछी महसुस , लज्जा र मंगलम निर्देशन गरिसकेका छन् । यसैगरी निर्मात्री पुनमले पनि आफु ५ वर्षपछी निर्माणमा फर्किएको बताइन ।

‘झन्डै ५ वर्षपछी निर्माणमा फर्किएकी छु’ उनले भनिन् ‘दर्शकको मनमा बस्ने फिल्म बनाउने प्रयास रहनेछ ।’ उनले यसअघि ‘अझै पनि’ फिल्म निर्माण गरेकी थिइन् । यसमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुसँगै साइएरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारको पनि अभिनय रहनेछ । लेखक गोविन्द फुँयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । फिल्मलाई सञ्जय लामाले खिच्नेछन् । काठमाडौं र बाँके लगायतका स्थानमा छायांकन हुने फिल्ममा पुनमसँगै अजय पोखरेल र राजा प्रधानले लगानीमा सहकार्य गरेका छन् ।

तस्वीरहरु : आर्यन बिमली
कमेन्ट गर्नुहोस्