‘मलाइ मेरो नाम भन्दा उपनामले चिन्छन्’ बुद्धि

79 Shares

फिल्म । आउँदो जेठ ३ बाट फिल्म ‘बीर विक्रम २’ रिलिज हुँदैछ । फिल्ममा माया र मित्रताको कथलाई देखाइएको छ । सफल फिल्म ‘बीर विक्रम’ को नाम मात्र यसमा सापटी लिएको निर्देशक मिलन चाम्सले बताए । ‘बीर विक्रम सफल भएकोले नै यसको सिरिज बनाएको हु , तर यो सिक्वेल होइन’ उनले भने ‘यसमा उहिँ क्यारेक्टर छन् तर सिक्वेलको रुपमा बनाएका छैनौ ।’

अघिल्लो सिरिज झैँ यसमा पनि माया र मित्रतालाई नै केन्द्रमा राखिएको छ । फिल्ममा बीरको भूमिकामा पल शाह छन् भने विक्रमको भूमिका नाजिर हुसेनले निर्वाह गरेका छन् । यसमा बादलको भूमिका भने वर्षा सिवाकोटीले निर्वाह गरेकी छिन् । बादलको मायामा बीर र विक्रम परेपछि आउने परिस्थितिलाई फिल्मले चित्रण गरेको छ । यसैगरी बुद्धि तामाङ फिल्ममा भिलेनको भूमिकामा छन् ।

सुरुमा मिलन पनि उनलाई अप्रोच गरिसकेपछी के हुन्छ भन्ने शंकामै थिए ।‘हामीलाई अघिल्लो सिरिज झैँ एउटा क्यारेक्टर चाहिएको थियो किनकी दर्शकले त्यसलाई निकै रुचाउनु भएको थियो’ मिलन भन्छन् ‘बुद्धिलाई सुहाउछ भनेर अप्रोच गरे , कहिँ कतै डर त थियो तर त्यो सबै दिनको शुटिङले नै भगायो ।’ उनि बुद्धिले दर्शकबाट नयाँ उपनाम बाघ बहादुर पाउनेमा विश्वत छन् । त्यसो त अफर आउँदा नै बुद्धिलाई पनि केहि नौलो लागेको थियो । ‘मलाइ प्राय सहायक क्यारेक्टरको रुपमा कमेडी रोल अफर हुन्छ तर यसमा भिलेननै अफर गरियो’ बुद्धि भन्छन् ‘आफुमा केहि कन्फिडेन्ट त थियोसँगै आफुलाई निर्देशकले कन्ट्रोल गर्नु हुन्छ भन्ने लगेर ओके भने ।’

भिलेनकै कुरा गर्दा राते काईला उपनाम पाएका सुनिल थापासँग प्रभावित हुने बुद्धि भने भिलेन जिउडालका आधारमा नभई गुणका आधारमा हुने बताउछन् । ‘भिलेन भनेकै नकारात्मक ब्यबहार हो’ उनि भन्छन् ‘ स्क्रिप्ट पाएको एक महिनापछी काम सुरु गरेको हु , फाइट लगायतका दृश्यले थकान भने पक्कै बनाउथ्यो ।’ यसमा उनका केहि द्वन्दका दृश्य त छन् नै तर उनि कमेडी भिलेन हुन् । त्यस्तो उनलाई ‘कबड्डी’ को हैट भनेरनै चिन्ने गरिन्छ ।

‘मलाइ हैट भनेर चिन्नु हुन्छ त्यसले मलाइ खुसि पनि दिन्छ’ उनि भन्छन् ‘त्यसपछि पनि कमेडी क्यारेक्टरलाई नै निरन्तरता दिए , त्यसैले त्यहि उपनामले निरन्तरता पायो ।’ उनि आफै पनि आफुलाई बुद्धि तामाङ भन्दा पनि हैटकै उपनामले चिन्ने गरेको बताउछन् । मिलन चाम्सको निर्देशनमा तयार फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको पनि अभिनय छ भने अपर्ण सापकोटा यसको सह-निर्माताको रुपमा रहेका छन् । फिल्मलाई सुदीप बरालले खिचेका हुन् । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।

Facebook Comments