करोड क्लबमा ‘पिरिम नलाउने’ (भिडियो)

संगीत । गत दसैँलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीत ‘पिरिम नलाउने’ लाई दर्शकले मन पराएका छन् । गत अक्टुबर ९ मा सार्वजनिक गरिएको गीतले डिसेम्बर १ मा एक करोड भ्युज पार गरेको छ । टिकतोकमा पनि हिट भएको गीतलाई करोड भन्दा बढी पटक हेरिएको हो । आशिष सचिन र मेलिना राइको स्वर रहेको गीतलाई संगीतकार दीपक शर्माले कम्पोज गरेका हुन् ।

पछिल्लो समय फिल्म ‘छक्का पञ्जा ३’ मा समावेश गीत पहिलो नम्बरमा मार्फत चर्चामा रहेका दीपकले यसगीतलाई फिल्मी शैलीमा कम्पोज गरेका छन् । गीतमा शब्द पनि उनकै रहेको छ । दसैँको माहोल झालिकिने किसिमले तयार गरिएको गीतको भिडियोमा गायक आशिष सचिनसँगै मोडेल बर्षा राउत देखिएकी छिन ।प्रेमिकाको गुनासो र प्रेमीको परिस्थितिलाई चित्रण गरिएको गीत मार्फत पाएको मायाले गायक आशिष दंग छन् ।

‘निकै खुसि छु छोटो समयमा यसलाई दशक तथा श्रोताले रुचाइ दिनु भयो’ उनले भने ‘यो सफलताले मेरो सपना मात्र पुरा भएको छैन , आगामी दिनमा निरन्तरता दिन प्रेरणा समेत मिलेको छ ।’गायक आशिषले सांगीतिक यात्रामा अगाडी बढ्ने उर्जा मिलेको बताए । उनले भने ‘यो माया र विश्वासलाई अगाडी बढाउछु , आउदा गीतमा अझै मेहनत गर्नेछु ।’

आरोही एल्बममा समावेश गीतको भिडियोलाई सञ्चारकर्मी समेत रहेका निर्देशक सुव्रत आचार्यले निर्देशन गरेका छन् । ‘गीत नै फिल्मी थ्यो , त्यसैले यसलाई त्यसै अनुसार छायाँकन गर्यौ’ सुव्रतले भने । उनले गीतमा गायक आशिष र वर्षाको जोडी सुहाएर नै फिचर्ड गरेको समेत बताए । गीतमा सुव्रतलाई कन्सेप्ट क्रिएटरको रुपमा उनकै श्रीमती जया शर्माले साथ् दिएकी छिन । यसमा उत्सव दाहालको छायाँकन रहेको छ भने यसलाई नविन निरौलाले कलर र सम्पादन गरेका छन् । गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् । गीतमा दसैँमा गाउँ फर्किएको परदेशीको मायालुसँगको भेटलाई दर्साइएको छ ।

कमेन्ट गर्नुहोस्