संगीत । किरण घिमिरे ‘माइकल’को स्वरमा रहेको गीत ‘फेवा’ को भिडियो रिलिज भएको छ । ग्रामिण परिवेशमा मौल्याएको प्रेम झल्काइएको गीतमा छुल्ठिम गुरुङ र तिर्थ कोजी देखिएका छन् । यी दुइको प्रेमलाई भिडियोमा पोखरा र त्यस आसपासका मनोरम दृश्यहरुमा कैद गरिएको छ ।
गीतमा संगीत पनि गायक माइकलको नै छ भने शब्द लेखनमा माइकललाई सुदिप आत्रेयले सघाएका छन् । सौरभ लामाको छायांकन रहेको भिडियोलाइ सम्पादन तथा निर्देशन लक्ष्मण सुनारले गरेका छन् । हरी लामा र सुदिप आत्रेयले भिडियोलाई निर्माण गरेका हुन् ।
कमेन्ट गर्नुहोस्