सिक्वेलको तयारीमा इरफान

फिल्म । बलिउडमा अभिनेता इमरान खान आफ्नो अभिनयकै कारण परिचित छन् । थियटर हुदै फिल्ममा आएका इमरानले हलिउड फिल्म जुरासिक पार्कको सिरिजमा समेत काम गरिसकेका छन् । यिनै इमरान पछिल्लो समय क्यान्सरसँग लडेर नयाँ जीवन पाउदै इन्डिया फर्किसकेका छन् । उनले इन्डिया फर्किएपछी केहि समयको विश्राममा अब आफ्नो हिट फिल्मको सिक्वेलमा काम गर्ने भएका छन् ।

सन् २०१७ मा रिलिज भएको फिल्म ‘हिन्दी मेडियम’ लाई समिक्षकसँगै दर्शकले पनि उत्तिकै रुचाएका थिए । शिक्षा प्रणाली माथिको व्यंग रहेको फिल्मको सिक्वेलमा काम गर्न इरफान तयार भैसकेका छन् । फिल्ममा उनको श्रीमतीको भूमिकामा करिना कपूर खानलाई अप्रोच गरिएको छ । यदि करिना तयार भएमा फिल्मको हाइप अझै बढ्ने पक्का छ । यसैगरि फिल्ममा उनको छोरीको भूमिकामा राधिका मदान देखा पर्नेछिन् । गत वर्ष रिलिज भएको फिल्म ‘पटाखा’ मार्फत राधिकाले बलिउडमा इन्ट्री गरेकी थिइन् । फिल्म इरफान र राधिकाको वरिपरी घुम्नेछ ।

कमेन्ट गर्नुहोस्