प्रभासको फिल्ममा श्रद्धाको पारिश्रमिक कति ?

बलिउड । साउथ इण्डियन अभिनेता प्रभास बाहुबली सिरिज मार्फत चर्चामा आए । यसैले गर्दा यिनको पहिचान त बढ्यो नै यिनको गतिविधिले बलिउडमा पनि उत्तिकै चर्चा पाउछ । यी प्रभास यतिबेला फिल्म साहोको काममा व्यस्त छन् । केहि दिन अगाडी उनकै जन्मोत्सवमा फिल्मको एक्सन मेकिङ सार्वजनिक गरिएको थियो । सार्वजनिक एक्सन मेकिङले राम्रो चर्चा बटुलेको थियो ।

फिल्ममा प्रभासको अपोजितमा श्रद्धा कपुर छिन । फिल्ममा सुरुवाती चरणमा उनले अभिनय गर्न केहि आनाकानी गरेकी थिइन् तर भासको बढ्दो लोकप्रियता र साहोको दर्शकमा बढेको कौतुहलताको कारण श्रद्धा फिल्म गर्न राजी भएकी हुन् । फिल्म तिन भाषा तमिल , तेलगु र हिन्दिमा रिलिज हुनेछ भने यसलाई सुजीथले निर्देशन गरेका हुन् । फिल्ममा अभिनय गरेवापत श्रद्धाले ९ करोड भारु पारिश्रमिक पाएको खबर भारतीय मिडियामा छ ।

कमेन्ट गर्नुहोस्