फिल्म । फिल्म निर्माता तथा निर्देशक रमेश एमके पौडेलको रचनामा तयार भएको पियारी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा संगीत योगेश काजीको रहेको छ भने गायनमा योगेशसँगै सारिका घिमिरे छिन् । लामो समयदेखि फिल्मसँगै गीतसंगीतमा आफ्नो उपस्थिति बढाई रहेका पौडेलले अन्य भिडियो समेत तयारीमा छन् । उनले अन्य नौ भिडियोलाई पनि दर्शकसामू ल्याउने तयारी गरिरहेका छन् ।
प्रेम जोडी प्रेमी र प्रेमिका बीचको वार्तालाप मार्फत व्यक्त गरिएको माया दर्साउने गीतमा पौडेलको रचना अनुसार नै सारिका र योगेशले स्वर दिएका छन् ।आर्यन फिल्म्स र रमेश एमके पौडेलको प्रस्तुति रहेको गीतको सार्वजनिक भिडियो बोधी एच .डि यूटुब च्यानलमा रहेको छ । क्रान्ति केसीको निर्देशनमा तयार भएको गीतमा उषा उप्रेतीसँगै पल शाहको अभिनय रहेको छ ।
कमेन्ट गर्नुहोस्











