फिल्म । चर्चित बलिउड निर्देशक, निर्माता तथा पटकथाकार इम्तियाज अली काठमाडौँमा देखिएका छन् । नयाँवर्ष २०२५ को पूर्व सन्ध्यामा उनी अभिनेत्री मनीषा कोइराला निवासमा देखिएका हुन् । अभिनेत्री कोइरालाद्वारा आयोजित न्यू-इयर इभ पार्टीमा निर्देशक अली सहभागि रहे । प्राप्त जानकारी अनुसार उक्त पार्टीमा अभिनेत्री कोइरलाको परिवारसहित निकटका नेपाली फिल्ममेकर, कलाकारसहित अन्य साथीहरूलाई पनि सहभागि थिए । उनीहरूले नेपाली र बलिउड गीतमा नाच्दै रमाएको देखिएको छ ।
बलिउड निर्देशक अली निर्देशित फिल्महरू लभ आजकल, जब वी मेट, रकस्टार, हाइवे नेपाली दर्शक माँझ पनि प्रिय छन् । नयाँवर्ष सेलिब्रेसनको लागि नेपाल बोलाएकोमा निर्देशक अलीले इन्स्टाग्राममार्फत अभिनेत्री कोइरालालाई धन्यवाद दिएका छन् ।
कमेन्ट गर्नुहोस्