फिल्म मार्फत नै निर्माता वाग्लेको स्पष्टिकरण

फिल्म । शुक्रबारबाट फिल्म ‘चङ्गा चेट’ प्रदर्शन भएको छ । फिल्म निर्माण घोषणाको समयमा यसमा रहेका कलाकारको कारण फिल्मले चर्चा पाएको थियो । फिल्ममा प्रियंका कार्की , आयुष्मान डिएस जोशी र पारमिता आरएल शाह देखिने भएपछी यसले चर्चा पायो । त्यसपछी शुटिङको क्रममा रहेको फिल्मको छायाँकनको लागि तयार पारिएको नक्कली नोटको कारण यसका निर्माता माधव वाग्ले जेल नै जानु पर्यो । उनको साथबाट प्रहरीले १ हजार दरका २ करोड ५२ लाख रुपैयाँको नक्कली नोट बरामद गरेको थियो । बरामद नोटलाई नेपाल राष्ट्र बैंकले जाली भएको प्रमाणित गरेपछि उनलाई जेल चलान गरिएको थियो ।

उनले लगभग ४ महिना जेल जीवन विताए । तर यसलाई बारम्बार फिल्म प्रायोजन भन्दा पनि कसैले आफ्नो कुरा नसुनेको तर्क निर्माता वाग्लेको छ । ‘मैले फिल्मको लागि त्यसलाई प्रोप्स (प्रोपर्टी) को रुपमा प्रयोग गरेको थिए तर नबुझी मलाइ अपराधीको जस्तो ब्यबहार गरियो’ निर्माता वाग्ले भन्छन । उनले आफ्नो शुटिङका सदस्यले लापरवाही गर्दा आफु फसेको बताए । ‘सबैलाई बढुवा चाहिएको छ , यहाँ कुरा सुन्नेको नै छ र’ निर्माता वाग्लेले राजनीतिका कारण देशको सिस्टम विग्रेको बताए ।

उनि यतिबेला २५ लाख घरौटी तिरेर रिहा भएका छन् तर अहिले उनको मुद्धा अदालतमा चलिरहेको छ । निर्माता वाग्लेले बाहिर देशमा यसकिसिमको कार्यका लागि सरकारले नै फिल्मकर्मीलाई सघाउने बताए । ‘सुनुवाईकै क्रममा थाहा पाए केहि हलिउड फिल्मको लागि पनि नक्कली नोटको मुद्दा परेको रहेछ तर त्यहाँ फिल्मको वास्तविकता हरेर त्यसलाई मिलाईयो’ निर्माता वाग्लेले यहाँ जो पनि बढुवाकै सोच बनाएर बस्ने गरेको बताए । झन्डै एक दशक फिल्मी क्षेत्रमा बिताएका वाग्लेले आफ्नो प्रस्टोक्ति फिल्म मार्फत नै दिएका छन् ।

यथार्थ नबुझी आफ्नो नाम बदनाम भएको बताउने निर्मता वाग्लेले फिल्मको उक्त दृश्य मार्फत घटनालाई प्रस्ट्याएका छन् । सिन फिल्ममा आइरहदा तल सोही नोटका कारण निर्माता वाग्ले हिरासतमा परेको उल्लेख गरिएको छ । दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्ममा प्रियंका , आयुष्मान , पारमितासँगै सन्दीप क्षेत्री , रविन्द्र झा , सुरक्षा पन्त , माओत्से गुरुङ लगायतको पनि अभिनय रहेको छ । फिल्मले ‘वर्ड अफ माउथ’ राम्रो बटुलिरहेको छ ।

कमेन्ट गर्नुहोस्