‘ए मेरो हजुर ४’ मा अनमोल

5K Shares

फिल्म । अभिनेता अनमोल केसीले ‘ए मेरो हजुर ४’ मा काम गर्ने भएका छन् । उनले निर्माण कम्पनि सुहाना इन्टरटेनमेन्टसंग सम्झौता पत्रमा हस्ताक्षर गर्दै फिल्म गर्ने निर्णय गरेका छन् । ए मेरो हजुर सिरिजमा ३ मा अभिनय गरेका अनमोलले ४ मा पनि काम गर्ने सहमति दिएसंगै फिल्मको कामले द्रुत गति पाएको छ । अनमोललाई निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापाले सम्झौता गरेका हुन् । ‘ए मेरो हजुर ४’मा नायिकाको रुपमा सुहाना थापा नै हुनेछिन् । आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी स्थित प्रि प्रोडक्सनको काममा टिम लागेको छ ।

प्रेम कथामा निर्माण हुने फिल्मको छायांकन नेपालसंगै ओमान र होल्याण्डमा पनि हुने बुझिएको छ । पछिल्लो समय अनमोलले एन्टी हिरो र धुपौरेमा काम गर्ने चर्चा चलेता पनि अन्तत आउँदो माघको तेस्रो साताबाट फिल्मको छायांकन हुनेगरि उनले सम्झौता गरेका हुन् । आउँदो नोभेम्बर २४ मा जापानको टोकियोमा हुने सुर्य इन्टरनेशनाल अवार्ड २०१९ मा सहभागी भएर फर्किएसंगै अनमोलले ‘ए मेरो हजुर ४’ लाई समय दिनेछन् ।

कमेन्ट गर्नुहोस्