फिल्म । गत मङ्सिर २४ गतेदेखि छायांकन सुरू गरिएको फिल्म ‘११:५५’को छायांकन सकिएको छ । मङ्गलवार बेलुकी छायांकन सम्पन्न भएपछि बुधवार निर्माण टिमले औपचारिक रुपमा इन्ड क्ल्याप गरेको थियो । केशव पाण्डेको निर्देशनमा तयार भईरहेको फिल्ममा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायत कलाकारको अभिनय रहेको छ ।
क्राइम, थ्रिलर विधामा निर्माण भएको फिल्मको पटकथा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले तयार पारेका हुन् । बिचित्र फिल्मस्सँग गुड जब आर्ट्सको निर्माण सहकार्य रहेको फिल्ममा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सहनिर्माता छन् ।
प्रद्युमन मिश्रको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन चलचित्रमा छ ।











