सङ्गीत । प्रणय दिवस अर्थात् फेब्रुअरी १४ लाई प्रेमिल बनाउन सांगीतिक प्रस्तुती हुने भएको छ । अस्ट्रेलियाको सिड्नीस्थित ग्रान्भिलमा रहेको रातोघरमा पाल्पा इन्टरटेनमेन्टको प्रस्तुतीमा हुने सांगीतिक कार्यक्रममा ‘नेपाल आइडल’ मार्फत दर्शकको मन जित्न सफल स्वर गुञ्जिनेछन् । फेब्रुअरी १४ साँझ ६ बजेर ३० मिनेटमा हुने कार्यक्रममा नेपाल आइडल विजेता करण परियार र उपविजेता सलोमी गुरुङले आफ्नो प्रस्तुती दिनेछन् ।
दर्शकको मन जित्दै गीतसङ्गीतमा आफ्नो छुटै पहिचान बनाएका करण र सलोमीसँगै एक्ट्रेस झरना रिसालले समेत नृत्य प्रस्तुत गर्नेछन् । यिनको प्रस्तुती हेर्न सिड्नीवासी अधैर्य रहेको पाल्पा इन्टरटेनमेन्टले जानकारी दिएको छ । कार्यक्रम नजिकिएसँगै अन्य विषयमा थप जानकारी दिईने आयोजकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्