सुरु भयो ‘दृश्यम २’

0 Shares

फिल्म । सफल मलयालम फिल्म ‘दृश्यम’ सिक्वेलको छायाँकन सुरु भएको छ । कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा केहि समयको ढिलाईमा फिल्मले सुरक्षा सम्बन्धि मापदण्ड अपनाएर छायांकन थालेको हो । जितु जोसेफ निर्देशित फिल्मको सिक्वेलमा पनि उहिँ कलाकारहरु रिपिट छन् । अभिनेता मोहनलालले आफ्नो ६० औँ जन्मोत्सवमा फिल्मको सिक्वेल बन्ने घोषणा गरेका थिए ।

सामान्य परिवारको कथा भन्ने फिल्मले मलयालम मात्र नभई तामिल र हिन्दी भाषामा पनि सफलता पाइसकेको छ । तामिल भाषाको फिल्मलाई जितुले नै निर्देशन गरेका थिए भने हिन्दी भाषाको फिल्मलाई निशिकांत कामतले । सम्पूर्ण भाषामा फिल्मलाई सफलता मिलेको छ । त्यसैले सन् २०१३ मा रिलिज भएको फिल्मको सिक्वेल बनाउन ढिलाई नगर्ने मनसाय सहित मुख्य अभिनेता मोहनलालले सेट ज्वाइन गरेका छन् । यसमा मोहनसँगै त्रिषा पनि देखिनेछिन् । आमाले आफ्नै छोरीको हत्या गरेपछि सिर्जित हुने अवस्था र त्यसलाई सामना गर्ने परिवारको कथा फिल्मले भन्नेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्