‘महा-भिडन्त’ को सम्भावना

फिल्म । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि दिल्लीमा हल बन्द गरिए । त्यसपछि अन्य केहि स्टेटमा समेत ५० प्रतिशत अकुपेन्सीमा हलहरु संचालन भएपछि रिलिज हुने भनिएका ठुला फिल्महरु जर्सी , आरआरआर , राधेश्याम लगायत स्थगित भए । त्यसपछि रिलिजको लागि तयार अन्य फिल्महरु समेत अगाडी आउन सकेनन् । यद्दपी आउँदो जनवरी २६ मा २ वर्ष पुरानो फिल्म ‘अला वैकुण्ठ पुरामलो’ हिन्दी भाषामा रिलिज हुने भएको छ ।

सन् २०१९ मै तमिल , तेलगुमा रिलिज भएको फिल्मलाई हिन्दीमा रिलिज गर्ने आइडिया पुष्पाको व्यापारले दिएको हो । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा’ को हिन्दी डबिङले राम्रो व्यापार गरेको छ । यसैले गर्दा मेकर्सले हिन्दीमा ल्याउने तयारी गरिरहेका छन् । यो फिल्मलाई हिन्दीमा रुचाइए अन्य फिल्महरु पनि डबिङ गरेर रिलिज गर्ने तयारीमा मेकर्स छन् । यद्दपी कोरोना भाइरस विस्तारै कम हुँदै गर्दा अक्षय कुमारले आफ्नो फिल्म ‘बच्चन पाण्डे’ रिलिज गर्ने घोषणा गरेका छन् ।

उनले आउँदो होलीलाई लक्षित गर्दै मार्च १८ मा रिलिज गर्ने घोषणा गरेका छन् । अक्षयले घोषणा गरेसँगै सोहि डेटमा आउने भनिएको रनबीर कपूर अभिनित शमशेरा पनि रिलिज हुन् सक्ने अनुमान लगाइएको छ । यशराज फिल्म्सको व्यानारमा बनेको फिल्मले अवस्था सामान्य रहे रिलिज गर्ने तयारी गरिरहेको छ । अक्षय र रनबीरसँगै दक्षिण भारतीय फिल्म ‘राधे श्याम’ पनि रिलिज हुन् सक्ने छ ।

लागत बजेट निकै रहेकाले फिल्मले छिटो रिलिज गर्न चाहिरहेको छ । प्रभास र पुजा हेगड़े अभिनित फिल्म होलीकै समयमा रिलिज गर्ने तयारीमा टीम जुटेका छन् । यस्तो भएमा यो डेटमा ‘मेगा क्ल्यास’ हुनेछ । अक्षय र प्रभासको फिल्मसँगै आउँदा हल त बाडिनेनै छन् , साथमा दर्शक पनि । यद्दपी ‘बच्चन पाण्डे’ बाहेक अन्य फिल्मले रिलिज घोषणा भने गरेका छैनन् ।

कमेन्ट गर्नुहोस्