घाइते भइन् कट्रिना

फिल्म । पछिल्लो समय फिल्म ‘भारत’ को छायांकनमा व्यस्त रहेकी एक्ट्रेस कट्रिना कैफ घाइते भएकी छिन । शुटिङको क्रममा उनको खुट्टामा चोट लागेपछि उनि घाइते भएकी हुन् । फिल्म ‘गल्ली ब्वाई’ को स्क्रिनिंगमा पुगेकी कट्रिनाले वैशाखीको सहारा लिईन । उनले वैशाखीको प्रयोग गरेको तस्वीरलाई उपस्थित क्यामेराले कैद गरेका छन् । उनि निर्देशक जोया अख्तरको निम्तोलाई नकार्न नसकेर स्क्रिनिंगमा उपस्थित भएकी थिइन् ।

उनले जोयासँग जिन्दगी ना मिलेगी दोबारामा काम गरेकी थिइन् । रिलेशन मेन्टेन गर्ने मामिलामा कट्रिना अन्य एक्ट्रेस भन्दा निकै अगाडी छिन । उनले फिल्म हेरेपछि आफुलाई मन परेको समेत बताइन । ‘फिल्म रमाइलो बनेको छ भने यसले आफ्नो उदेश्यमा अडिग रहनु भनेर प्रेरित गर्छ , किनकी अपना टाइम आएगा’ कट्रिनाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिईन । फिल्मको प्रसंसा बढ्दो छ । फिल्ममा रणवीर सिंह र आलिया भट्ट मुख्य भूमिकामा छन् । रणवीरको जीवन संघर्षलाई फिल्ममा देखाइएको छ । (एजेन्सी )

कमेन्ट गर्नुहोस्