यस्तो बन्यो ‘पुजार सार्की’ को टिजर (भिडियो)

फिल्म । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पुजार सार्की’ को टिजर सार्वजानिक गरिएको छ । विसं २०८१ जेठ १० देखि प्रदर्शन हुने फिल्को टिजरले कलाकारको गेटअपसँगै कथासार देखाएको छ ।

फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह छन् । तीन रोमान्टिक हिरो सामाजिक विषय बनेको फिल्ममा देखिएका कारण यो चर्चामा रहेको छ । निर्देशक राउतले यो फिल्मलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् ।

विकास सुवेदीको लेखन रहेको फिल्ममा अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय पनि रहेको छ ।

फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ, उत्तम न्यौपानेले साउण्ड डिजाइन, शैलेश श्रेष्ठले ब्याकराउण्ड स्कोर गरिरहेका छन् ।

हिमाल केसीले द्वन्द्व निर्देशन रहेको ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् । यसका कला निर्देशक साजन बस्ताकोटी र सदिक्षा महत्रा हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहेको छ ।

कमेन्ट गर्नुहोस्