जन्मदिनमा दीपिकाले ल्याइन् वेबसाइट

फिल्म । बलिउड एक्ट्रेस दीपिका पादुकोणले आफ्नो ३३ औ जन्मोत्सवको अवसरमा वेबसाइट सार्वजनिक गरेकी छिन । गत वर्ष आफ्नो प्रेमी रणवीर सिंहसँग विवाह बन्धनमा बाधिएकी दीपिकाले जनवरी ५ बाट साइट लन्च गरेकी हुन् । उनले आफ्नो साइट मार्फत फ्यानले सम्पूर्ण जानकारी पाउने बताएकी छिन । उनले ट्विटर मार्फत आफ्नो आधाकारिक वेबसाइट www.deepikapadukone.com को बारेमा जानकारी दिएकी हुन् । उनले यसमा आफ्नो करियरसँगै महत्वपूर्ण तस्वीर पनि राखेकी छिन भने फ्यानलाई लागेको सुझाव उनलाई दिन सक्नेछन । बलिउडमा ओम शान्ति ओम मार्फत डेब्यु गरेकी दीपिका पछिल्लो समयकि स्टार हुन् ।

कमेन्ट गर्नुहोस्