फिल्म । निर्देशक कृषा चौलागाईंले फिल्म ‘पिताम्बर’ हेर्दा देखिए जस्तो अप्ठ्यारो तरिकाले निर्माण नभएको बताएकी छिन । उनले फिल्मको प्रचारप्रसारका लागि टिजर सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा मल्टीस्टारकास्ट भएकाले सुरुआती समयमा सेड्युल मिलाउन केही कठिनाइ भएता पनि सबैले दिएको साथले प्रोजेक्ट पुरा भएको बताइन ।
‘हामीले कुनै कलाकारको समयले छायांकन रोक्नु परेन, सबैले सहमति दिएको समय भन्दा बढी नै उपलब्ध भएर सहयोग गर्नुभयो । देख्दा धेरै कलाकार र ठूलो क्यानभास भएकाले म्यानेज गर्न समस्या देखिनु स्वस्भाविक नै हो तर हामीले सेड्युल अनुसार छायांकन सकेका हौँ’, निर्देशक कृषाले भनिन् ।
फिल्ममा प्रदीप खड्का, दिव्य देव, अनुपविक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, रविन्द्र झा, विशाल पहाडी, प्रमोद अग्रहरी लगायतको अभिनय रहेको छ । निर्माता विशाल चौलागाईंले फिल्म प्रति आफ्नो रुची बढ्दै गएकाले अझ राम्रो फिल्म बनाउनेमा आफू प्रतिबद्ध रहेको बताए । पेशाले मेडिकल व्यवसायी विशालले यसअघि कृषाको निर्देशन रहेको फिल्म ‘एैचोपैचो’ निर्माण गरेका थिए ।
फिल्म ‘ऐंचो पैचो’बाट निर्देशनमा पाइला चालेकी कृषाले यसअघि ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलास’ निर्माण गरिसकेकी छन् । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।
फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी(अनमोल)ले समेत अभिनय गरेका छन् । विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।