फिल्म । आज शीतलनिवासमा चलचित्र विकास बोर्डद्वारा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रम’ मा अध्यक्ष दिनेश डिसीले नेपाली फिल्मकर्मीलाई बोर्डले बनाएको योजना र गरिरहेको कामको नतिजा केही समयमा देखिने बताएका छन् ।
उनले भने,‘अहिले हामी विसं २०२६ सालको ऐनमा चलिरहेका छौँ । अहिलेको समयमा चलचित्र क्षेत्रलाई अगाडि बढाउन नयाँ ऐनको विकल्प छैन । त्यसैले यो हाम्रो आवश्यकतालाई यसैवर्ष पुरा हुन्छ भन्ने विश्वास छ र यसमा सम्बन्धित निकायको पूर्ण सहयोग हुन्छ भन्नेमा विश्वस्त छु । यो हामी फिल्मकर्मीको लागि एउटा उत्सव हो, पर्व हो, यसलाई सबैले मिलेर सेलिब्रेट गर्नुपर्छ ।’
सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ र चलचित्र विकास बोर्डका सदस्यसहित फिल्मकर्मीको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्